सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

देउवा भेट्न पुगे एमाले नेता नेपाल

देउवा भेट्न पुगे एमाले नेता नेपाल

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । 

पछिल्लो समय काँग्रेस–माओवादीसहितको गठबन्धनसँग नजिक भएका नेपाल देउवा भेट्न बिहीबार साँझ बूढानीलकण्ठ पुगेका हुन् । भेटमा समसामयिक राजनीतिका साथै राष्ट्रियसभा उपनिर्वाचनलगायतका विषयमा छलफल भएको बूढानीलकण्ठ स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले एमाले नेतासहित देउवालाई भेटेको भोलिपल्ट नेता नेपालले भेट्नुलाई अर्थपूर्ण मानिएको छ । भेटमा प्रधानमन्त्री ओलीको रणनीतिलाई कसरी असफल बनाउने र गठबन्धन बनाउनेबारे छलफल भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend