शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

गायक प्रेमध्वज प्रधानको योगदान चीरकालसम्म सम्झने छौँः राष्ट्रपति

गायक प्रेमध्वज प्रधानको योगदान चीरकालसम्म सम्झने छौँः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साङ्गीतिक आकाशका उज्ज्वल नक्षत्र प्रेमध्वज प्रधानको निधनमा दुःख व्यक्त गरेकी छिन् ।

उनले बिहीबार बेलुका ट्वीट गर्दै वरिष्ठ गायक प्रधानप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारमा समवेदना व्यक्त गरेकी छिन् । ‘नेपाली सङ्गीतको श्रीवृद्धिमा उनको योगदानलाई हामी चीरकालसम्म सम्झिरहनेछौंँ ‘, ट्वीटमा भनिएको छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार अपराह्न ट्वीट गरी मूर्धन्य गायक प्रधानको असामयिक निधनमा दुःख व्यक्त गरेका छन्। दिवंगत प्रधानप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्रीले शोकसन्तप्त परिवारजनमा  समवेदना प्रकट गरेका छन्  ।

‘नेपाली गीतसंगीतको क्षेत्रमा उनको योगदान सदा स्मरणीय रहने छ ‘, ट्वीटमा भनिएको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend