
काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको प्रष्ट पारेका छन् । नेपालले फेसबुक पेजबाट ओलीसँग कुनै पनि सहमति नभएकाे जानकारी दिएका हुन् ।
उनले भनेका छन्, ‘हामी वार्ता र लचकता दुवै अपनाउछौँ । तर, अहिलेसम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र त्यसपछि भएका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ ।’
उनले कार्यकर्तासमक्ष कुनै किसिमको भ्रममा नपर्न,नअल्मलिन र सशक्त पार्टी बनाउने अभियानमा लागिरहन आह्वानसमेत गरेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend