शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

राष्ट्रियसभा सदस्यमा बादल र देवकोटाको उम्मेदवारी

राष्ट्रियसभा सदस्यमा बादल र देवकोटाको उम्मेदवारी

काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि गृहमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा उम्मदेवार बनेका छन् । 

शुक्रबार दुवै जनाले जेठ ६ गते राष्ट्रियसभा उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

सिम्रिक एयरको हेलिकप्टरबाट एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहितका हेटौंडा पुगेका बादलको प्रस्तावक वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल बसेका छन् । समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत बसेकी छन् ।

स्वतन्त्र उम्मेदवार देवकोटाको प्रस्तावकमा भने नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थकमा नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले बसेकी छन् ।

स्वतन्त्र उम्मेदवार देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नेापल समूहको समर्थन रहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend