
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ।
प्रधानमन्त्री ओलीसहित बालुवाटारमा १०० जनाभन्दा बढीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएका छन्। ‘आज बालुवाटारमा प्रधानमन्त्रीज्यूसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाव संकलन गरिएको हो।’ सामाजिक सञ्जालमार्फत उनले भनेका छन्।
प्रधानमन्त्री ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिँदै छन्।
त्यसअगाडि सांसदहरुसहित संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मीलगायतको कोरोना परीक्षणका लागि स्वाब संकलन बुधबार र बिहीबार गरिएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend