शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

सरकार भन्छ : थप काेभिशिल्ड किन्न सक्ने अवस्था छैन 

सरकार भन्छ : थप काेभिशिल्ड किन्न सक्ने अवस्था छैन 

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल थप कोभिशिल्ड खोप खरीद गर्न नसक्ने स्पष्ट पारेकाे छ । शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले प्रेस विज्ञप्ति जारी गरी अहिलेको अवस्थामा भारतबाट थप कोभिशिल्ड खोप खरीद गर्नसक्ने अवस्था नरहेको जानकारी दिएका हुन् ।

काेभिशिल्ड खाेप बिक्री गरेकाे भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले नेपाललाई प्राथमिकतामा राखेकाे जानकारी सहित विज्ञप्तिमा भनिएको छ, ‘सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुने बित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ, थप ५० लाख मात्रा कोभिशिल्ड खोप खरीद गर्ने अवस्था हाललाई रहेको छैन ।’

भारतले सेरमबाट उत्पादित १० लाख कोभिशिल्ड खोप नेपाललाई अनुदानमा दिएको थियो । त्यसपछि नेपालले थप २० लाख खोप खरीद गरेको थियो । त्यसमध्ये १० लाख डोज नेपाललाई दिएको छ भने १० लाख डाेज दिन बाँकी छ । सरकारले सेरमबाट थप ५० लाख खोप खरीद गर्ने प्रक्रिया थालेको थियो । तर त्याे पक्रिया पूरा भएकाे छैन ।

health ministry B.jpg

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend