शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

काेराेनाकाे हटस्पट संसद : सांसदसहित अन्य गरी ६५ जना संक्रमित 

काेराेनाकाे हटस्पट संसद : सांसदसहित अन्य गरी ६५ जना संक्रमित 

काठमाडाैं । संसदको विशेष अधिवेशनको तयारीका लागि गरिएको परीक्षणका क्रममा ठूलो संख्यामा सांसद, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारलाई कोरोना संक्रमण देखिएको छ ।

२२ र २३ गते गरिएकाे काेराेना परीक्षणमा अहिलेसम्म ६५ जनामा काेराेना संक्रमण देखिएकाे संसद सचिवालय स्राेतले जनाएकाे छ । 

बुधबार संसद भवन पुगेर स्वाव दिने ६१३ जनामध्ये ६५ जनामा संक्रमण देखिएको हो । जसमध्ये १४ जना सांसद हुन् । बाँकी ५१ जनामा कर्मचारी सुरक्षाकर्मी र पत्रकार भएकाे जनाइएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको बैठक वैशाख २७ गते बस्ने तय गरिएकाे छ । यसका लागि बुधवार, बिहीबार र शुक्रबार सांसद, कर्मचारी र पत्रकारहरूको स्वाब संकलन भएकाे हाे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend