
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले यस्ताे आदेश दिएको हो ।
कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका दीप बस्न्यातको तर्फबाट प्रज्वल अधिकारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए ।
उनले बालुवाटार जग्गा प्रकरणमा आफूविरुद्ध विशेष अदालतले गलत आदेश दिएको भनी सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका हुन् ।
भौतिक पूर्वाधार सचिव भएका बेलामा बस्न्यातले बालुटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन फाइल अघि बढाएकाे उनीमाथि आराेप छ । अख्तियारले उनीविरुद्ध भ्रष्टाचार भएको दाबीसहित मुद्दा दायर गरेको थियो । विशेष अदालतले २०७७ मंसिर २८ गते थुनामा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो ।
बस्न्यातले थुना बाहिर बसेर मुद्दा लड्ने मागगरी यसअघि सर्वाेच्चमा रिट हाले पनि सुनुवाइ भएकाे थिएन ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend