मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक, देउवा र सापकाेटा उपस्थित नहुने 

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक, देउवा र सापकाेटा उपस्थित नहुने 

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार संवैधानिक परिषद्को बैठक बाेलाएका छन् । आइतवार बिहान परिषद्को बैठक बोलाइएको हाे । 

गएकाे २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । परिषद् सचिवालयले प्रधानमन्त्रीले आइतबार बैठक बोलाएको जानकारी सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख विपक्षी दलका नेतालाई दिइएको बताएकाे छ ।

सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा भने बैठकमा सहभागी नहुने भएका छन् । 

गत मंसिर महिनामा बसेको परिषद् बैठक पनि सापकोटा र देउवाले बहिस्कार गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend