
काठमाडौं । कृषि तथा पशुपन्छी विकाश मन्त्री पद्मा अर्यालले नेपालकै इतिहासमा अहिले जति विकाश र महत्वका काम कहिल्यै नभएको दावी गरेकी छिन् । त्यस्तै पद र कुर्सीका लागि मात्र नभई परिणाम र जनताका लागि काम गरिने भएकाले काम गर्ने वातावरण नै नहुँदा प्रतिपक्षमा पनि बस्ने सकिनले उनको धारणा रहेको छ ।
यही बैशाख २७ गते प्रधानमन्त्रीले संसदमा विश्वासको मत प्राप्त गर्नेमा ढुक्क भएको बताउँदै यदि विश्वासको मत प्राप्त नभएको खण्डमा आइपर्ने परिस्थितीको सामना गर्न तयार भएको मन्त्री अर्यालले जानकारी दिइन् ।
सुनौलो नेपालसंगको कुराकानीमा उनले भनिन् ‘आजका दिनमा पनि नेकपा एमाले एकीकृत पार्टी भएको दावी गर्दै फरक गतिविधि भइरहँदा पनि पार्टी अलग नहुँदासम्म एउटै दलको सांसदले फरक प्रकृतिका निर्णय गर्छन् भन्ने सोच्न सकिन्न’ । त्यस्तै शीर्ष नेतृत्वले अब आत्म समिक्षा गरेर नयाँ शिराबाट अघि बढ्नका निम्ती संकल्पित हुनुपर्नेमा मन्त्री अर्यालले जोड दिइन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend