सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

संक्रमण बढेपछि जापानमा पुन: आपतकाल बढ्याे 

संक्रमण बढेपछि जापानमा पुन: आपतकाल बढ्याे 

काठमाडाैं । कोरोना संक्रमण बढेपछि जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइएको छ । जापान सरकारले टोकियो, ओसाका, ह्योगो र क्योटोमा ११ मे सम्म लगाइएको प्रतिबन्धलाई मे महिनाभर हुने बताएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रधानमन्त्री योशीहिडे सुगाले शनिबार आइची र फुकुओकामा पनि आपतकालीन अवस्था लागू गरिएको बताए ।

संक्रमण बढ्दै गएमा टोकियो ओलम्पिक हुने नहुनेमा अन्योल बढेको बीबीसीले उल्लेख गरेको छ । टोकियो ओलम्पिक आयोजक समितिका अध्यक्ष सिको हासिमोतोले ओलम्पिक आयोजना हुन कठिन रहेको बताएका छन् ।

कोरोना महामारीकै कारण २०२० मा ओलम्पिक स्थगित गरी २०२१ जुलाइमा सारिएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend