सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

कांग्रेसले गर्‍यो संवैधानिक परिषदको बैठक बहिष्कार 

कांग्रेसले गर्‍यो संवैधानिक परिषदको बैठक बहिष्कार 

काठमाडौं।  प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसले संवैधानिक परिषद्को बैठकमा भाग नलिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको  बैठकमा कांग्रेस सहभागी नहुने भएको हो। 

पार्टी सभापति शेरबहादुर देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा भाग नलिने बताएका हुन् । 

‘नेपाली कांग्रेस संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ । संवैधानिक परिषद् सम्वन्धि ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित, संसदीय मुल्य, मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुँदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत आव्हान गर्दछु ।’ देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

bigyapti congress.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend