शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

दोलखा भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’

दोलखा भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’

काठमाडौं।  दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा पसिना आएको छ । 

शनिबार दिउँसो सवा १२ बजेदेखि १ बजेर ४० मिनेटसम्म झण्डै डेढ घण्टा मन्दिरको शिलामा निरन्तर पसिना आएको मन्दिर व्यवस्थापन समितिका अधिकारीले जानकारी दिएका छन्। 

दोलखा भीमेश्वरलाई पसिना आएपछि देशमा संकट आउने वा अशुभ हुने धार्मिक मान्यता रहँदै आएको छ ।

यसअघि पछिल्लो पटक २०७७ मंसिर ९ गते भीमेश्वरको शिलामा पसिना आएको थियो । त्यसअघि २०७६ फागुन ८ गते पसिना आउँदा देशमा कोरोना भाइरसको महामारी सुरु भएको विश्वास गरिन्छ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend