
काठमाडौं। सरकारले चीनबाट पहिलो चरणमा अक्सिजनका ४ सय खाली सिलिन्डर ल्याउने भएको छ ।
उपप्रधानमन्त्री तथा कोभिड– १९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा शुकबार बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा ४ सय खाली सिलिन्डर ल्याउने निर्णय गरेको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
सिलिन्डर ल्याउनका लागि यही वैशाख २७ गते नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको छ ।
२० हजारमध्ये २ हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने छ । नेपाल सरकारका अनुरोधमा चीन सरकारले निःशुल्क ती सिलिन्डर उपलब्ध गराएको हो ।
नेपालमा अहिले अक्सिजन सिलिन्डर ६ हजार २८८ रहेको र दैनिक १ हजार ४११.५ लिटर खपत भइरहेको जनाइएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend