मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

१९ सय पर्ने अक्सिमिटर ३५ सयमा बेच्ने एकजना पक्राउ

१९ सय पर्ने अक्सिमिटर ३५ सयमा बेच्ने एकजना पक्राउ

पर्सा।  निषेधाज्ञाको मौका छोपी पल्स जाँच गर्ने मेसिन (अक्सिमिटर) को बढी मूल्य लिएको आरोपमा वीरगञ्जबाट एकजना पक्राउ परेका छन्।

पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवाका ३२ वर्षीय रामहरि तिवारीलाई प्रहरीले पक्राउ गरेको हो।

तिवारीले आफ्नै घरमा खोलेको औषधी पसलमा एक हजार ९ सय रुपैंया पर्ने अक्सिमिटरलाई ३ हजार ५ सय रुपैंयाभन्दा बढी मूल्य लिएर कालोबजारी गरेको आरोपमा शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका तिवारीको पसलबाट १२ थान अक्सिमिटर समेत बरामद गरेको प्रहरीले जनाएको छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend