
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई दोश्रोपटक कोरोना संक्रमण भएको छ।
शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीसहित करिब १०० जनामा गरिएको पिसिआर परीक्षणका क्रममा थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई पुनः कोभिड–१९ सङ्क्रमण देखिएको हो ।
थापाले यसबारे सामाजिक सञ्जालबाट जानकारी दिँदै आफूलाई दोस्रोपटक संक्रमण भएको बताएका छन्।
उनले लेखेका छन्, ‘दाेस्राेपटक पाेजिटिभ ! टेलिफाेनमा चासाे, जिज्ञासा र शुभकामना दिनेभन्दा यहाँ नै उपस्थिति प्रार्थनीय छ है ! शुभेच्छाका लागि सबैप्रति धन्यवाद ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend