शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

काठमाडौँ महानगरले दियो त्रिवि शिक्षण अस्पताललाई दश भेन्टिलेटर

काठमाडौँ महानगरले दियो त्रिवि शिक्षण अस्पताललाई दश भेन्टिलेटर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई दश थान भेन्टिलेटर सहयोग गरेको छ ।कामपाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निर्देशक प्रा डा दिनेश काफ्लेलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । 

सो अवसरमा प्रमुख शाक्यले हाम्रा योजना अस्पतालमा भेन्टिलेटर र सघन उपचार कष बढाउनुभन्दा व्यक्तिव्यक्तिलाई सङ्क्रमण हुनबाटै बचाउनेतिर केन्द्रित गरिनुपर्नेमा  जोड दिए। भेन्टिलेटरको जम्मा मूल्य रु  दुई करोड नौ लाख रहेको बताईएको छ ।

चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा डा दिव्यासिंह शाहले अस्पतालमा आएका बिरामीलाई फिर्ता पठाउन नपरोस् भनेर  क्षमता र जनशक्ति व्यवस्थापनमा जोड दिइएको बताइन् ।

अस्पतालमा अहिले दैनिक पाँच हजार लिटर अक्सिजन खपत भइरहेको छ । सोमध्ये दुई हजार लिटर आन्तरिक प्रणाली र तीन हजार लिटर बाह्य उत्पादनबाट व्यवस्थापन गरिएको छ । हरेक दिन यसको माग बढ्दै गएको र यसमा पनि कामपाको सहयोग आवश्यक रहेको प्रा डा काफ्लेले जानकारी दिए ।  ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend