सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

आज कानून दिवस: स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको विकासमा प्रधानन्यायाधीशको प्रतिबद्धता

आज कानून दिवस: स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको विकासमा प्रधानन्यायाधीशको प्रतिबद्धता

काठमाडौं । आज कानून दिवस । नेपालमा वि.सं. २००९ सालमा प्रधान न्यायालय ऐन २००८ जारी भएको दिनको सम्झनामा बैशाख २६ गते कानुन दिवस मनाउने गरिन्छ ।

कानून दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको विकासमा प्रतिबद्धता जनाएका छन् । 

आजको विशेष दिनले न्याय, समानता र विधिको शासनको प्रत्याभूतिको लागि क्रियाशील रहन सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।

कानुनसँग सम्बन्धित संघ सँस्थाले २०३१ सालदेखि बैशाख २६ गते कानून दिवस मनाउँदै आएका छन् । कोरोना संक्रमण जोखिमका कारण यसवर्ष भौतिक रुपमा कार्यक्रम हुने छैनन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend