सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

सामूहिक राजीनामा दिँदै खनाल–नेपाल पक्षका सांसदहरु

सामूहिक राजीनामा दिँदै खनाल–नेपाल पक्षका सांसदहरु

काठमाडौं । नेकपा एमालेको विभाजन रोक्ने पटक-पटकको प्रयास असफल भएपछि माधव नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादले सफलता नपाएपछि एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका २० जना सांसद राजीनामा दिने निष्कर्षमा पुगेका हुन् । 

स्रोतका अनुसार नेपाल पक्षका २० जना सांसदको राजीनामा शनिवार नै तयार भइसकेको छ । यद्यपी, राजीनामा दिनेबारे थप छलफल गर्न स्थायी कमिटी बैठक बस्ने भएको छ ।

सांसद विरोध खतिवडाले नेपाल पक्षका सबै सांसदले संविधानको धारा ८९ (क)अनुसार राजीनामा बुझाउने तयारी गरेको बताए ।

एमालेमा माधव पक्षका प्रत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद रहेको दावी छ । तत्काल प्रत्यक्ष निर्वाचितले राजीनामा दिँदा ओली सरकार ढाल्न संख्या पुग्ने भएकाले प्रत्यक्ष निर्वाचितले मात्र राजीनमा पत्रमा हस्ताक्षर गरिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा लिन खोजेको विश्वासको मतमा उनलाई असफल बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र एमालेको माधव नेपाल समूहबीच सहमति जुटिसकेको बताइएको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend