शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

संवैधानिक परिषद्को बैठक बस्दै, सभामुख र देउवा सहभागी नहुने

संवैधानिक परिषद्को बैठक बस्दै, सभामुख र देउवा सहभागी नहुने

फाईल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ९ बजेका लागि संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् ।

संवैधानिक परिषद्को अध्यक्षको हैसियतमा प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सहभागी नहुने भएका छन् । सभामुख सापकोटा यसअघिको बैठकमा पनि सहभागी भएका थिएनन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २१ गते मन्त्रिपरिषद्को सिफारिसमा दोस्रोपटक संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८ जारी गरेकी थिइन्। जस अनुसार चार जना उपस्थित भएमा गणपूरक संख्या पुग्ने व्यवस्थालाई परिवर्तन गरी तीन जना मात्र भए निर्णय वैध हुने व्यवस्था छ । बैठकले रिक्त रहेका संवैधानिक आयोगहरूमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ । गएको मंसिर ३० गतेपछि परिषद्को बैठक बसेको छैन ।

बैठकमा देउवा र सभामुख नजाने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्तिनै निकालेर अन्य सदस्यलाई पनि सहभागी नहुन अनुरोध गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend