सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

संवैधानिक परिषदको बैठक : रिक्त संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस

संवैधानिक परिषदको बैठक : रिक्त संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस

काठमाडौं । संवैधानिक परिषदको बैठकले लोकसेवा आयोगलगायत रिक्त संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नामहरुबारे छलफल भए पनि सबै निर्णय औपचारिक प्रक्रियाबाट सार्वजनिक गरिने स्राेतले बताएकाे छ ।

विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बहिष्कार गरेको बैठकले देउवाको कोटाबाटसमते केही सदस्य सिफारिस गरेको बताइएकाे छ । मंसिर ३० गते जारी भएको अध्यादेशबाट दोस्रोपटक संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरिएको हो ।  

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा सहभागी थिएनन् । यसअघि गएकाे मंसिर ३० गते बसेको बैठकमा पनि उनीहरू सहभागी थिएनन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend