
काठमाडौंं । नेकपा एमालेका नेपाल–खनाल पक्षका सांसदहरुको बैठक संघीय संसद सचिवालय सिंहदरबारमा बस्दैछ ।
आइतबार राति पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएका उनीहरुले थप छलफल गर्न बैठक बस्न लागेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनको लागि बोलाएको संसद विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ । सोही विषयमा छलफल गर्न नेपाल खनाल पक्षको बैठक बसेको हो ।
बैठकमा राजीनामाबारे पनि छलफल हुने बताइएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend