
काठमाडौं। नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएको छ।
आफुहरुले दिएको समयसीमामा अध्यक्ष ओलीले कुनै जवाफ नदिएपछि अव नकुर्ने बताएको छ । सो समुहका सांसदहरुले अव सामुहिक राजीनामाको विकल्प नभएको पनि बताएका छन् ।
आइतबार साँझ बसेको उक्त समूहका सांसदहरूको बैठकले पार्टी संगठनलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन भन्दै ओलीलाई आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो।
तर, ९ बजेसम्म ओली पक्षबाट कुनै सकारात्मक पहल नभएकाले अब राजीनामा दिनु नै आफूहरूको अन्तिम विकल्प हुने उक्त समूहका सांसदहरूले बताएका छन्।
सामूहिक राजीनामाबारे निर्णय गर्न उक्त समूहका सांसदहरु सिंहदरबारमा भेला भइरहेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend