मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

नेपाल–खनाल पक्षका सांसदहरुको बैठक सुरु, एकताका प्रयास असफल भएको सांसदहरुको भनाई

नेपाल–खनाल पक्षका सांसदहरुको बैठक सुरु, एकताका प्रयास असफल भएको सांसदहरुको भनाई

काठमाडौं । नेकपा एमालेका नेपाल–खनाल पक्षका सांसदहरुले पद त्याग्ने भएका छन् । पद त्यागको बारेमा सांसदहरुको बैठक संघीय संसद सचिवालय सिंहदरबारमा सुरु भएको छ । बैठकका लागि नेता माधव नेपाल, भीम रावल लगायतका नेताहरु सिंहदरबार पुगिसकेका छन् । 

सिंहदरबारमा बैठक बस्नु अघि भीम रावलले सबै प्रयासहरु असफल भएको बताउँदै अन्तिमसम्म पर्खिँदा पनि मूल नेतृत्वले एकता नचाहेको बताए । उनको भनाई राजीनामा दिने सहमति तिर केन्द्रित रहेको थियो ।

त्यस्तै सांसद झापट रावले पनि व्यक्तिको दम्भका कारण पार्टी एकताका सबै प्रयासहरु असफल भएको बताएका छन् । संसद सचिवालयको कोठा नम्बर ४११ मा सांसदबीच छलफल भइरहेको हो ।

पार्टी एकता कायम राख्नका लागि भन्दै नेता नेपालले ६ बुँदे पत्र पठाएर आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएका थिए । सो अल्टिमेटमबाट माग सम्बोधन नभएपछि खनाल नेपाल समूहका सांसदहरु राजीनामा दिने तयारीमा रहेका छन् । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend