सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

आन्तरिक मतभेद वा असन्तुष्टि भए छलफलबाट समाधान गर्न सकिने, हतारमा निर्णय नलिन ओलीकाे आग्रह

आन्तरिक मतभेद वा असन्तुष्टि भए छलफलबाट समाधान गर्न सकिने, हतारमा निर्णय नलिन ओलीकाे आग्रह

काठमाडाैं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक मतभेद वा असन्तुष्टि भए छलफलबाट समाधान गर्न सकिने बताएका छन् । ओलीले आफ्नै पार्टीका सांसदले सामूहिक राजीनामाकाे तयारी गरिरहेकाे बेलामा ट्वीटरमार्फत समस्या भए छलफल गर्न आह्वान गरेका हुन् ।

ट्वीटमा उनले लेखेका छन् ‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ ।त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ ।

यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु । आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौँ ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend