
काठमाडौं । संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा रिक्त रहेका सबै पदपूर्ति गरेको छ । परिषदको आइतबार बसेको बैठकले संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिस गरेको हाे ।
संवैधानिक परिषद्काे बैठकमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकाेटा अनुपस्थित भएका थिए ।
यी हुन् संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस भएका पदाधिकारी :
लोक सेवा आयोग
अध्यक्ष- माधव प्रसाद रेग्मी
सदस्य- माधव बेलबासे, वीरवहादुर राई, दिनेश सिलवाल, मन्जु कुमारी
अख्तियार दुरुपयोग अनसन्धान आयोग
आयुक्त- डा.हरी पौडेल
आयुक्त- सुमित्रा अमात्य
निर्वाचन आयोग
आयुक्त- सगुन शमसेर जबरा
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
सदस्य – विपिनराज निरौला, सुधा कुमारी झा
महिला आयोग
सदस्य- जया घिमिरे, सावित्रा कुमारी शर्मा
दलित आयोग
सदस्य – सुन्दर पुर्कुटी
राष्ट्रिय समावेशी आयोग
अध्यक्ष- डा.रामकृष्ण तिमिल्सिना
सदस्य- पुष्पराज तिमिल्सिना
सदस्य- मानप्रसाद खत्री
आदिवासी जनजाति आयोग
सदस्य- सूर्यवहादुर गुरुङ
मधेशी आयोग
सदस्य- आभा कुमारी
थारु आयोग
सदस्य- डा.उमाशंकर चौधरी
मुस्लिम आयोग
सदस्य- मोहम्मद समसुल हक
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend