सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

विष्णु पाैडेलसँग छलफलमा नेपाल समूहका तीन नेता 

विष्णु पाैडेलसँग छलफलमा नेपाल समूहका तीन नेता 

काठमाडाैं । नेकपा एमालेमा जारी विवाद समाधानको प्रयासका लागि दोस्रो तहका नेताहरूबीच छलफल भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल र झलनाथ खनाल-माधव नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टबीच सिंहदरबारमा छलफल भएको हो ।

खनाल-नेपाल पक्षले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रतिनिधि सभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरिसकेको छ । उक्त निर्णयपछि दाेस्राे तहका नेताबीच छलफल भएकाे हाे ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मत लिँदैछन् ।  खनाल-नेपाल पक्षका नेताहरू भट्टराई, भुसाल लगायतले राजीनामा दिएर पार्टी विभाजनको मार्ग प्रशस्त गर्नुभन्दा पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने धारणा राखेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend