
काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधिसभाको विशेष अधिवेशनको पहिलो बैठक बसेको छ । बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट आएको पढेर सुनाए ।
त्यसपछि उनले विश्वासको मत लिनेक्रममा लामोगरी चल्ने दोस्रो बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरे ।
सभामुखले दलीय आधारमा मनोनयन गरेका सदस्यहरुमा मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली, रेखा शर्मा, रेणु यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे रहेका छन् । सभामुखले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम (१) बमोजिम मनोनयन गरेका हुन् ।
पहिलाे बैठक सकिएकाे १५ मिनेटमा दाेस्राे बैठक सुरु हुनेछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend