
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको अभियानमा सरकारका प्रयासमा साथ र सहयोग दिन आह्वान गरेका छन् । आफूमाथि विश्वास छ भन्ने स्पष्ट गर्न आह्वान गरिएको प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्दै उनले कोरोना नियन्त्रण गर्ने अभियानमा एक जुट भई रोगलाई पराजित गर्ने उत्तरदायित्व वहन गर्न सबैसँग आग्रह गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘विश्व समुदाय नै कोराना संक्रमणले व्याप्त छ, हामी पनि लडाइँ लडिरहेका छौँ । सरकारको ध्यान रोकथाम र उपचारमा केन्द्रित हुँदै आवश्यकताअनुसार लडाइँका कदमलाई विभिन्न ढंगले प्रभावकारी रुपमा अघि बढाइरहेको छ ।’
यति बेला सबै कोरोनाविरुद्धका लडाइँमा पक्ष र विपक्ष नभई सिद्धान्त र विचारलाई छाडेर भिन्नतालाई थाती राखेर एक जुट हुनुपर्ने औँल्याइएका छन्। प्रधानमन्त्री ओलीले भने, ‘तर दुःखका साथ भन्नुपर्छ हामी त्यसरी जान सकेनौँ, हाम्रा गतिविधि, चिन्तन र प्रयास जे कुरामा केन्द्रित हुनुपथ्र्यो, त्यो हुन सकेन ।’
सरकार कोभिड र विकासका विषयमा केन्द्रित खोज्दा पनि सरकारले अनेकाँै लाञ्छना र आरोप खेप्नु परेको बताउँदै उनले औषधि खरीदका नाममा भ्रष्टाचार गरियो भनी प्रधानमन्त्री र सरकारमाथि हिलो छ्याप्ने काम भएकामा आपत्ति जनाए ।
औषधि खरीदमा भ्रष्टाचार भएको पाइएमा सरकार छानबिन गरी जस्तोसुकै कारवाही गर्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण ध्यान कोरोना नियन्त्रणलाई केन्द्रित गरेर नयाँ-नयाँ अस्पताल र शय्या तयार गर्ने काम भइरहेको बताए । अन्तरराष्ट्रिय समुदायमा नेपालको स्थान स्वर्णकाल देखाउनलायक अवस्थामा पुर्याइएको उनले बताए ।
विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था छ । यसअघि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन संविधानको धारा १०० को उपधारा ९१० अनुरुप प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक वा उपयुुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्न सक्ने संवैधानिक व्यवस्था छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend