
युएई। कोरोना भाइरसको बढदाे प्रकोपलाई नियन्त्रण गर्न युएई सरकारले निश्चित देशका बासिन्दाहरुलाई यात्रा प्रतिबन्ध लगाएको छ ।
युएईबाट प्रकाशित हुने प्रसिद्ध अङ्ग्रेजी दैनिक खलिज टाइम्सका अनुसार युएईले नेपाल, बंगलादेश, पाकिस्तान र श्रीलङ्काबाट तत्कालको लागि कुनै पनि अन्तर्राष्ट्रिय यात्रु आवतजावत गर्न नपाउने निर्णय गरेको छ ।
वैशाख २८ गतेदेखि लागू हुने यो नियमले बिदामा आफ्नो घर गएका सम्बन्धित मुलुकहरुका कामदारहरु पनि प्रभावित हुनेछन् । उक्त देशहरुबाट भिजिट भिसामा पनि सर्वसाधारण पर्यटक पनि आउन नपाउने भएका छन् ।
युएईका नागरिक, कुटनैतिक नियोगका पदाधिकारीले भने ४८ घन्टाभित्रको पिसिआर रिपोर्ट देखाएमा स्वास्थ मापदण्ड अनुसार यात्रा गर्न सकिने बताएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend