शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

हामी पीडित छौं, विश्वासको मतको पक्ष/विपक्ष कतैपनि लाग्दैनौँ : ठाकुर 

हामी पीडित छौं, विश्वासको मतको पक्ष/विपक्ष कतैपनि लाग्दैनौँ : ठाकुर 

काठमाडौं।  जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले आफूहरु विश्वासको मतको पक्ष/विपक्ष कतैपनि नलागेर तटस्थ बस्ने बताएका छन्। 

प्रतिनिधिसभा बैठकमा बोल्दै ठाकुरले आफूहरु पीडित भएकाले तत्काल कसैको पक्षमा नलाग्ने बताएका हुन्। 

‘हामी प्रधानमन्त्री केपी ओलीको प्रस्तावको पक्षमा पनि छैनौं र विपक्षमा पनि छैनौं । किनभने हामी राजनीतिक रुपमा पीडित छौं । हाम्रो सांसद जेलमा छन् । रेशम चौधरीलाई यहाँ देख्न चाहन्छौं । तर उहाँ जेलमा हुनुहुन्छ’, ठाकुरले भनाइ थियो। 

ठाकुरले संविधान र लोकतन्त्र आएपनि आफ्ना नेता कार्यकर्ता आजपनि जेलभित्र भएकोले प्रस्तावको पक्ष/विपक्ष उभिने स्थिति नभएको बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend