
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा मागेको विश्वासको मतमा मतदान सुरू भएको छ।
ओलीले मागेको विश्वासको मतमा अहिले प्रतिनिधि सभा सदस्यहरूले मतदान गरिरहेका छन्।
मतदानका लागि तीनवटा लवीको व्यवस्था गरिएको संघीय संसद सचिवालयले जनाएको छ । ‘हुन्छ, हुन्न र मत दिन्न’गरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ।
यससँगै सबै सांसदले आफ्नो मत अभिव्यक्त गर्नेछन् भने त्यसअनुसार ओलीले विश्वासको मत पाउने नपाउने बारे निर्णय आउनेछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend