
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका क्रियाकलाप राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा विपरित भएकाले विश्वासकाे मत दिन संसद नगएकाे प्रष्ट पारेका छन् ।
नेपालले सोमबार साँझ तीन पेज लामो प्रेस विज्ञिप्तमार्फत यसबारे जानकारी दिएका हुन् । विज्ञप्तिमा उनले लेखेका छन् ‘ओलीका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्न आफूहरुले विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेका हाैँ ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend