२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मोरङका ४ पत्रकारलाई ‘विकल्प एन अल्टरनेटिभ’को लेखन–फेलोसिप

बिहिवार , आश्विन ९, २०८२

विराटनगर । विकल्प एन अल्टरनेटिभले मोरङका चार पत्रकारलाई लेखनबृत्ति (फेलोसिप) प्रदान गरेको छ । इन्टरनेसनल अलर्टको सहकार्यमा आयोजित कार्यक्रममा प्रत्येक पत्रकारलाई ५०–५० हजार रुपैयाँको फेलोसिप वितरण गरिएको हो ।

फेलोसिप प्राप्त गर्नेमा नागरिक दैनिकका विनोद सुवेदी, सुनौलो नेपालकी चीना थापा, अन्नपूर्ण पोस्ट तथा मुलुकी खवरका किशोर बुढाथोकी र कान्तिपुर दैनिकका पर्वत पोर्तेल रहेका छन् । खुला आवेदनको आधारमा उनीहरू छनोट गरिएको विकल्पले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै विकल्पका अध्यक्ष प्रा.डा. भेषप्रसाद धमलाले पत्रकारलाई समाजको विकृति–विसङ्गति विरुद्धको अग्रपंक्तिका अभियन्ता भन्दै पत्रकारको कलमप्रति समाजको विश्वास अटुट रहनुपर्ने बताए । उनका अनुसार पत्रकारको लेखनीले सकारात्मकता र नकारात्मकता दुवैलाई तीव्र गतिमा फैलाउने शक्ति राख्छ ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरत खड्काले श्रमजीवी पत्रकारलाई थप जिम्मेवार र सशक्त बनाउन विकल्पले सुरु गरेको फेलोसिपको प्रशंसा गर्दै भविष्यमा पनि महासंघ र विकल्पबीच सहकार्य हुने विश्वास व्यक्त गरे ।

उनले “पत्रकारिता नै जीवन निर्वाहको सबल माध्यम हो” भन्दै पत्रकारलाई पेशागत क्षमता निरन्तर अगाडि बढ्न आग्रह गरे ।

त्यस्तै, विकल्पका संस्थापक तथा कार्यकारी निर्देशक वसन्त अधिकारीले संस्था विगत १० वर्षदेखि जीविकोपार्जन, स्वतन्त्रता र आर्थिक अधिकारका सवालमा काम गर्दै आएको बताए ।

फेलोसिपको माध्यमबाट पत्रकारिता अझ जिम्मेवार र प्रभावकारी हुने विश्वास उनको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङ शाखा अध्यक्ष सुशीला पाठक, कोशी प्रदेश संस्थापक अध्यक्ष विक्रम लुइँटेल, मोरङ शाखाका पूर्व अध्यक्ष बन्धु पोखरेल लगायतले शुभकामना मन्तव्य दिएका थिए । फेलोसिप प्राप्त पत्रकारहरूले पनि आफ्नो कार्ययोजना र अनुभव प्रस्तुत गरेका थिए ।

विकल्पकी कार्यक्रम संयोजक रानु साहका अनुसार गत चैतमा मोरङ र सुनसरीका करिब ६० पत्रकारलाई खोज पत्रकारितामा नयाँ प्रविधि प्रयोगबारे दुई चरणमा क्षमता विकास तालिम दिइएको थियो । सोही तालिममा सहभागी पत्रकारहरूबाट आवेदन मागी छनोट गरी चार जनालाई फेलोसिप प्रदान गरिएको उनले जानकारी दिइन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ