शनिबार, कार्तिक २२ २०८२

शनिबार, कार्तिक २२ २०८२

ओमानमा नेपालको लगातार जित, कतारलाई १६ रनले हरायो

ओमानमा नेपालको लगातार जित, कतारलाई १६ रनले हरायो

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२६ को एसिया छनोटअघि नेपालले लगातार जित निकालेको छ । नेपालले खेलेका दुवै अभ्यास खेलमा जित निकालेको हो ।

सोमबार नेपालले कतारलाई १६ रनले पराजित गर्‍यो । शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो ।

सोमबार नेपालले कतारलाई १७१ रनको लक्ष्य दिएको थियो । जसमा कतारले ६ विकेटको क्षतिमा १५४ रन मात्र बनायो ।

ओमानमा दोस्रो अभ्यास खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १७० रन बनाएको थियो । नेपालका लागि आक्रामक ब्याटिङ गरेका ओपनिङ ब्याटर कुशल भुर्तेलले ३३ बलमा ५ चौका र ३ छक्का सहित ५६ रन बनाए ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend