शनिबार, कार्तिक २२ २०८२

शनिबार, कार्तिक २२ २०८२

प्रहरीले बुझ्यो ओली र लेखकविरूद्धको जाहेरी

प्रहरीले बुझ्यो ओली र लेखकविरूद्धको जाहेरी

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले जेनजी आन्दोलनका मृतकका परिवारले ल्याएको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरूद्धको जाहेरी लिएको छ ।

मंगलबार चार मृतकका परिवारले परिसरमा जाहेरी बुझाएका हुन् ।

प्रहरीले जाहेरी बुझेर जाँचबुझ आयोगमा पठाएको छ ।भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग बनेको छ ।

ओली र लेखकले मानवताविरूद्धको कसुर र राज्यविरूद्धको कसुर गरेको भन्दै जाहेरी परेको हो ।

प्रदर्शनमा अस्वाभाविक बल प्रयोग गरेर दमन गरेको र धेरैको ज्यान जानेगरीको बल प्रयोगको घटना ‘सामूहिक हत्या’ भएको भन्दै जेनजी आन्दोलनकारीहरुले केपी ओली र रमेश लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने माग राखेर सोमबारदेखि जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ताको प्रयास गरेका थिए ।

उनीहरुले ओली, लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान पनि चलाएका छन् ।

 

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend