काठमाडौँ । सिद्धार्थ बैंक र इजी डेन्टल क्लिनिक प्रालि बीच सम्झौता भएको छ । इजी डेन्टल क्लिनिकमा बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
सम्झौताअनुसार, चाबहिल, काठमाडौंस्थित इजी डेन्टल क्लिनिकमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यो सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने बैंकले विश्वास लिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend