२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

एमाले नेता महेश बस्नेत बयानका लागि साइबर ब्युरोमा उपस्थित, ब्युरोले लियो बयान

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । साइबर क्राइमको आरोप लागेका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत नेपाल प्रहरीको साइबर ब्युरोमा बयानका लागि उपस्थित भएका छन्।

बुधबार बिहान बस्नेत साइबर ब्युरो पुगेका थिए। उनीसँग बयान लिइएको ब्युरो स्रोतले जनाएको छ। बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन्।

उक्त उजुरीमा प्रारम्भिक चरणमा अनुसन्धान अघि नबढेपछि केही दिनअघि सरकारी वकिल कार्यालयले साइबर ब्युरोलाई आवश्यक अनुसन्धान गर्न निर्देशन दिएको थियो।

त्यस निर्देशनका आधारमा बस्नेतलाई ब्युरोले बयानका लागि बोलाएको हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट