२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

हिम्मत छ भने केपी ओलीलाई पक्राउ गरेर देखाऊ : महेश बस्नेत

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन् ।

बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले वर्तमान सरकारलाई हिम्मत भए ओलीलाई पक्राउ गर्न चुनौती दिएका हुन् ।

उनले भने, ‘तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गर । तिम्रो बाउको हिम्मत छ भन्ने शब्द नराम्रो हो त ? केपी ओली दोषी हुनुहुन्छ र तिम्रो बाउको हिम्मत छ भने पक्राउ गरेर देखाऊ ।’

त्यस्तै उनले आफू विधिको शासनको लागि जेल जान तयार रहेको बताउँदै सरकारको पहिलो टार्गेट केपी ओली र तेस्रोमा आफू रहेको भन्दै हुँदै नभएको मुद्दा सिर्जना गरेर आफुमाथि गिरफ्तार गर्ने षडयन्त्र गरेको दाबी गरे ।

दलका नेताहरुमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु गरिएको विषयमा पनि बस्नेतले आक्रोश पोखे । उनले युवाहरुको बलमा सत्तामा पुगेकाहरुमाथि पनि अनुसन्धान गर्नुपर्ने बताउँदै अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङको नामै लिएर पहिले उनीहरुबाट अनुसन्धान सुरु गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट