२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

भोलि कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक, सभापति देउवा उपस्थित हुने सम्भावना

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अघि पदाधिकारी र पूर्वपदाधिकारी बैठक भोलि अर्थात् असोज २३ गते बस्दैछ। उपसभापति पूर्णबहादुर खड्काको आह्वानमा काठमाडौंको होटल हिमालयमा बैठक बस्ने भएको हो ।

उपसभापति, महामन्त्री, सह–महामन्त्रीसहित कार्य समितिका पदाधिकारी र पूर्वपदाधिकारीहरू उपस्थित हुनेछन्। बैठकमा पार्टी सभापति शेरबहादुर देउवा पनि उपस्थित हुने सम्भावना रहेको कांग्रेसका एक नेताले जानकारी दिए ।

यो बैठकले असोज २६ गते बस्ने कांग्रेस केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने र अन्तिम तयारी गर्ने बताइएको छ ।

सभापति देउवानिकट स्रोतले ‘सभापति देउवाले नै केन्द्रीय समिति बैठक बोलाएकोले भोलिको बैठकमा पनि भाग लिने कुरा’ बताएको छ। सभापति देउवा सार्वजनिक रूपमा नदेखिएको २९ दिन भइसकेको छ।

सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बूढानीलकण्ठस्थित घरमै आक्रमण भएको थियो। त्यसपछि उनी सार्वजनिक भएका छैनन् ।

विगतमा सभापति देउवाले स्वयं पदाधिकारी तथा पूर्वपदाधिकारीहरूसँग अनौपचारिक छलफल गरेर एजेन्डा तय गर्ने परम्परा बनाएका थिए। तर यसपालि भने बैठक बोलाउने जिम्मेवारी उपसभापति खड्काले लिएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट