२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

शारीरिक रूपमा सक्षम रहँदासम्म नेतृत्व छाड्दैन : केपी ओली

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी आफू शारीरिक रूपमा सक्षम रहँदासम्म नेतृत्व नछाड्ने बताएका छन् । ओलीले आज (बुधबार) भर्चुअल रूपमा जिल्ला अध्यक्षहरूसँगको कुराकानीमा तत्काल नेतृत्व नछाड्ने बताएका हुन् ।

ओलीले बुधबार गण्डकी प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूलाई भर्चुअल रूपमा सम्बोधन गरेका हुन् ।

उनले आफूसँग अडान, विचार र दृष्टिकोण राख्ने सामर्थ्य भएको बताए ।

उनले भदौ २३ र २४ को जेनजी आन्दोलन षड्यन्त्र भएको बताए । उनले यो आफू, एमाले र देशविरूद्ध नै षड्यन्त्र भएको बताए ।

दुई दिनपछि एमालेको सचिवालय बैठक बस्दैछ भने त्यसपछि केन्द्रीय कमिटी बैठक बस्ने तय भएको छ । उक्त बैठकमा पार्टीले ठोस धारणा बनाएर अघि बढ्ने समेत अध्यक्ष ओलीले बताएका छन् ।

पार्टीभित्र उठेका विषयमा सचिवालयमा खुलस्त छलफल हुने ओलीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट