शनिबार, कार्तिक २२ २०८२

शनिबार, कार्तिक २२ २०८२

गाजामा बन्धक बनेका विपीन जोशीको भिडिओ आज सार्वजनिक गरिने

गाजामा बन्धक बनेका विपीन जोशीको भिडिओ आज सार्वजनिक गरिने

काठमाडौं । इजरायली गुप्तचरले गाजामा बन्धक बनेका नेपाली युवा विपीन जोशीको भिडिओ प्राप्त गरेको छ ।

त्यहाँका सञ्चारमाध्यमले जनाए अनुसार यो भिडिओ आज (बुधबार) साँझ सार्वजनिक गरिने भएको छ ।

होस्टेज फेमिली फोरमले गरेको द जेरुसेलम पोष्टले सो उल्लेख गरेको छ । ३० सेकेन्ड लामो उक्त भिडियो क्लिप आज बेलुकी इजरायल समय ७ः ५५ बजे (नेपालको राती १०ः४० बजे) सार्वजनिक गरिने द टाइम्स अफ इजरायलले जनाएको छ ।

विपीन जोशी अक्टोबर ७ को नरसंहार हुनुभन्दा तीन हप्ता अगाडि मात्र कृषि शिक्षा कार्यक्रमका लागि इजरायल पुगेका थिए ।

द जेरुसेलम पोष्ट अनुसार विपीनलाई हमासले गाजामा अपहरण गरी एक समय शिफा अस्पतालमा राखेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend