२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

सभापति देउवा पदाधिकारी बैठकमा सहभागी नहुने, उपसभापति पूर्णबहादुरले अध्यक्षता गर्ने

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बस्ने पदाधिकारी बैठकमा सहभागी नहुने भएका छन्। बैठक आज दिउँसो १ बजे ललितपुरस्थित एक होटलमा बस्ने तय भएको छ।

देउवा अनुपस्थित रहने भएपछि बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्ने भएको छ। पार्टी स्रोतका अनुसार बैठकमा आगामी असोज २६ गते बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्ने विषयमा छलफल हुनेछ।

जेनजी आन्दोलनपछि सभापति देउवा पार्टीका कुनै पनि भौतिक बैठकमा सहभागी भएका छैनन्। यद्यपि, उनले केही नेताहरूसँग भर्चुअल माध्यमबाट कुराकानी र छलफल भने गरेका छन्।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देउवा र उनकी पत्नी आरजु राणामाथि बुढानीलकण्ठस्थित निवासमै आक्रमण भएको थियो। त्यसपछि आगजनीबाट निवास क्षतिग्रस्त भएपछि उनीहरू हाल ललितपुरमा बस्दै आएका छन्। तर उनीहरूको बसोबासस्थानबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

पार्टी नेताहरूका अनुसार आजको बैठकले केन्द्रीय समितिको तयारी, संगठनात्मक गतिविधि, र हालको राजनीतिक परिस्थितिबारे समेत समीक्षा गर्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट