काठमाडौं । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट सीजी सिमेन्ट इन्डस्ट्रिज प्रालिका ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।
मंगलबार सानेपास्थित चौधरी ग्रुपको मुख्य कार्यालयमा ढाँट र सीजी सिमेन्टबीच ‘ब्रान्ड एम्बासडर’ सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार ढाँटले सीजी सिमेन्टका उत्पादन र सेवाको प्रचार–प्रसार गर्नेछन् ।
सम्झौता पत्रमा सीजी सिमेन्टका प्रमुख जयन्द्र चुडाल र फाइटर ढाँटले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार ढाँटले सीजी सिमेन्टका लागि प्रोमोशनल गतिविधि, फोटो र भिडियो सुट, साथै सामाजिक सञ्जालमार्फत ब्रान्ड प्रमोशन गर्नेछन् ।
सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै चुडालले ढाँटले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उज्यालो पारेको र उनको संघर्ष र समर्पण सीजी सिमेन्टका मूल्य र भावनासँग मेल खाने बताए । “ढाँटसँगको सहकार्यले नेपाली युवामा सकारात्मक प्रेरणा जगाउने विश्वास छ,” उनले भने ।
ढाँटले पनि चौधरी ग्रुप जस्तो प्रतिष्ठित संस्थासँग सहकार्य गर्न पाउँदा गर्व महसुस भएको बताए । “नेपालकै अग्रणी व्यावसायिक संस्थासँग सहकार्य गर्न पाउँदा गर्व लागेको छ । हाम्रो सहकार्य अर्थपूर्ण र प्रेरणादायी हुनेछ भन्ने विश्वास लिएको छु,” उनले भने ।
भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) उपाधि जितेका ढाँट हाल नेपाली युवाबीच लोकप्रिय एमएमए फाइटरका रूपमा चिनिन्छन् ।
सीजी सिमेन्ट नेपालको सर्वाधिक लोकप्रिय सिमेन्ट ब्रान्ड हो । उत्कृष्ट गुणस्तर र ग्राहकमैत्री सेवाका कारण सीजी सिमेन्ट नेपालको निर्माण क्षेत्रमा पहिलो रोजाइको सिमेन्ट बनेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend