२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

केपी ओलीको कारण गुण्डुको गौरब बढ्यो, जग्गाको भाऊ बढ्यो : महेश बस्नेत

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको कारण गुण्डुको गौरब बढेको बताएका छन् ।

एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार सूर्यविनायक नगरपालिका–७ को वडा कार्यालयनजिकै आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो कारणले भन्दा पनि केपी ओलीको कारणले विकास भएको दाबी गरे । उनले भने, ‘मेरो कारणले होइन आज केपी शर्मा ओली यहाँ आएको कारणले गुण्डु कोटेश्वर र बानेश्वर सरह भएको छ । यहाँका भाडाहरु आज लाखौँ जान थालेका छन् । यहाँका जग्गाहरु आज ४०/५० लाख आना जान थालेको छ । केपी ओली आएको कारणले यहाँ गौरब बढेको छ । ’

उनले गुण्डुको विकासबाट काठमाडौं महानगरका मेयर बालेनले पनि पाठ सिक्नुपर्ने बताए । आफू सांसद् हुँदा पाँच वर्षमा जम्मा २५ अर्बले विकास गरेको बताउँदै गुण्डुमा सिक्न आउन आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट