काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नचम्किन सुझाव दिएका छन् । बिहिबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नामै नसुनेको व्यक्ति अहिले गृहमन्त्री भएको बताए । उनले भने, ‘अहिलेका गृहमन्त्रीको नाम पनि सुनेको थिइन् । गृहमन्त्री भएपछि थाहा पाएँ ।’
उनले थप भने, ‘गृहमन्त्रीको सम्बन्धमा मलाई धेरै केही भन्नु परेको छैन । गृहमन्त्री बाबुलाई धेरै नउत्ताउलिन, धेरै नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु । राजनीति ख्यालठट्टा होइन, देश चलाउने कुरा ख्यालठट्टा होइन । यस कुरालाई बुझेर चल्न सुझाव दिन चाहन्छु ।’
ओलीले अहिलेको सरकार बलमिच्याइँले बनेको टिप्पणी गरे । उनले सुशीला कार्की नेतृत्वको सरकार संविधान अनुसार नबनेको दाबी गरे ।
ओलीले संविधानभन्दा बाहिर गएर प्रधानमन्त्री बन्नको लागि कार्की २३ र २४ गते जेनजी बनेर सडकमा उत्रिएको टिप्पणी समेत गरे ।
प्रतिक्रिया दिनुहोस