२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

सानेपामा कांग्रेस पदाधिकारी बैठक सुरु, देउवा भने उपस्थित भएनन्

बिहिवार , आश्विन २३, २०८२

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको हो ।

आज (बिहिबार) उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा भने उपस्थित छैनन् ।

जेनजी आन्दोलनका क्रममा सभापति देउवा दम्पतिलाई भदौ २४ गते आन्दोलनकारीले आफ्नै निवास बुढानीलकण्ठमा घरबाट बाहिर निकाली कुटपिट गरेका थिए ।

त्यसपछि ३० दिनदेखि सभापति देउवा सार्वजनिक रूपमा देखिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट