काठमाडौं । आइसिसी टी–२० विश्वकप छनोटमा नेपालले सुपर–६ मा स्थान पक्का गरेको छ । समूह–२ को खेलमा जापानले कुवेतलाई ५ विकेटले पराजित गरेसँगै नेपाल र जापान अन्तिम खेलअघि नै सुपर–६ मा पुगेका हुन् ।
कुवेत भने लगातार दुई खेलमा हार ब्यहोर्दै समूह चरणबाट बाहिरिएको छ । यसअघि बुधबार भएको खेलमा नेपालले कुवेतमाथि ५८ रनको जित निकालेको थियो ।
कुवेतले दिएको १७८ रनको लक्ष्य जापानले ३ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
अब नेपाल र जापानबीचको खेल शुक्रबार अपरान्ह हुनेछ । यो खेल जितेमा यसको अंक सुपर–६ मा पनि गनिने भएकाले यो खेल दुवै टिमका लागि महत्वपूर्ण छ ।
छनोटबाट तीन टोलीले आगामी वर्षको फेब्रुअरी–मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकप २०२६ मा मा स्थान बनाउने छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend