२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

ज्ञानेन्द्र शाहीको चेतावनी : ‘राष्ट्रघात भयो भने कार्की सरकार १७ घण्टामा ढल्छ’

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री सुशील कार्कीलाई कडा चेतावनी दिएका छन्।

शाहीले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता कमजोर पार्ने कुनै पनि निर्णय भए तत्काल सरकार ढाल्ने चेतावनी दिएका हुन्। उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार २७ घण्टामै ढलेको उदाहरण दिँदै भने, “कार्की सरकार ढाल्न १७ घण्टा पनि लाग्दैन।”

शाहीका अनुसार मन्त्रिपरिषदमा ‘फ्री तिब्बत अभियानकी अभियन्ता’लाई मन्त्री बनाउने तयारी भइरहेको सूचना आएको छ। उनले उक्त व्यक्ति वास्तविक कर्णालीका बासिन्दा नभई तिब्बतबाट आएका शरणार्थी परिवारकी सन्तान भएको दाबी गर्दै भने, “उनका बुबा–आमा दलाई लामासँगै भागेर आएका तिब्बती हुन्, जसले नक्कली नागरिकता लिएर कर्णालीमा बसोबास गरेका हुन्।”

शाहीले यस्तो कदम राष्ट्रघातसमान भएको बताउँदै प्रधानमन्त्री कार्कीलाई सचेत गराएका छन्। “यदि यसरी नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामा आँच पुर्‍याउने काम गरियो भने देश नै नरहने अवस्था आउन सक्छ,” उनले चेतावनी दिए।

उनले प्रधानमन्त्रीलाई आग्रह गर्दै भने, “देश नै नरहने अवस्था आयो भने तपाईंका विरुद्धमा खडा हुनुपर्ने दिन आउन सक्छ। त्यसैले म सुझावका रूपमा अनुरोध गर्छु— यस्ता गलत क्रियाकलाप अगाडि नबढाउनुहोस्।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट