२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

राष्ट्रपति पौडेलले बोलाए प्रधानमन्त्री सुशीला कार्कीसहितको सर्वदलीय बैठक

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलहरूलाई सर्वदलीय बैठकका लागि आह्वान गरेका छन्।

निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको तर सरकारले राजनीतिक दलहरूसँग संवाद अघि नबढाएको अवस्थामा राष्ट्रपतिले आज दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका हुन्।

राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहित सबै दलका शीर्ष नेताहरूलाई राष्ट्रपति भवन शीतल निवासमा बोलाएका छन्। बैठकमा आसन्न निर्वाचनका तयारी, राजनीतिक सहमति र राष्ट्रिय परिस्थितिबारे छलफल हुने बताइएको छ।

यसअघि हिजो राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता भएको थियो। भेटमा राष्ट्रपतिले सरकारलाई चुनावका लागि अनुकूल वातावरण निर्माण गर्न सुझाव दिएका थिए।

प्रधानमन्त्री कार्कीले त्यस क्रममा निर्वाचन आयोगले तयारी अघि बढाइरहेको र सरकार पनि आवश्यक समन्वयमा जुटिरहेको जानकारी राष्ट्रपतिलाई दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट